SP Consult’s Post

SP Consult reposted this

छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले, झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..। पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर, पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….। धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेगमा किसानहरूले आफ्नै तवरले मनाउछन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ। हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन। खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। राष्ट्रिय धान रोपाई दिवस तथा दही चिउरा खाने दिनको शुभकामना। #Spconsult #asar15 #NationalPaddyDay #Nepal

  • No alternative text description for this image

To view or add a comment, sign in

Explore topics