लुतो फाल्ने दिनको शुभ कामना !!
फोटो श्रोत: हिमाल खबर।

लुतो फाल्ने दिनको शुभ कामना !!

श्रावण १ गते अर्थात् कर्कट संक्राती समेत भनिने साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन, लिम्बु याकथुङको सिसेक्पा तङनाम, थारु जातीहरूको गुरिया पर्व, मगरको साउने संकराई (उधेली पर्व) दही-चिउरा खाने औँसीको हार्दिक शुभ कामना।

असार र साउन तपाई हामीले मानो रोपेर पाथी उब्जाउने अवसरमा हिलो माटोमा काम गर्दा छालासम्बन्धी रोगको सङ्क्रमणको जोखिम हुन्छ नै। मेरो त गोडा हिलाले खाएर गलेनी पर्छ।

यो समयमा सहज उपलब्ध हुने हाम्रा निकै धरै रैथाने वनस्पतिहरूको सार तत्त्व लुतो जस्ता छालाको चिलाउने रोग निवारण र मनोवैज्ञानिक अस्थिरता लाई नियन्त्रणमा लिन काममा आउँछ।

हाम्रो परम्परामा छाला र मनोविज्ञान सम्बन्धको रोगको कारकलाई हामी कण्डारक राक्षस भन्ने गर्दछौ।

सार तत्त्व छाला र मनोविज्ञान सम्बन्धको रोगको ओखतीमा उपयोग हुने प्रिय वनस्पति जस्तै लुते झार, पाती, भलायोका पात, तिउरी, पानीसरो, देवी सरो, कुकुर डाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानी अमला, कागती, अम्बा, नासपती आदिले कण्डारक राक्षसको पूजा गरी राक्षस मन्छाउने वा रोग मुक्तिको ज्ञान स्मरण गर्ने यो हाम्रो परम्परागत चलन हो।

कण्डारक राक्षसले दिने लुतो, पिलो, खटिरा, पटिरा र मनोवैज्ञानिक असहजता सबै लैजा है पल्लो गाउँले भनी अल्लो गाउँ ले पल्लो गाउँ, पल्लो गाउँले पल्लो गाउँ गरी सात डाँडा कटाउने पर्वको रूपमा औँसीको रातमा अगुल्टो फाल्दै औषधीय गुणका वनस्पति विज्ञानको वारेको सन्देश समाजमा पुस्तौँ पुस्ता कायम राख्न हाम्रोमा लुतो फाल्ने पर्व स्थापित भएको छ।

यो त भए गाउँ घरका कुरा।

कठै बजारमा त हाम्रा यो कुरा कतिलाई थाहै छैन।

हाम्रो बजार त आज सहरिया बनेको छ। रैथाने जडीबुटी र हर्बल, आयुर्वेद सबै बिरानो बनी सक्यो।

आधुनिक शिक्षाको नाममा बजारको शिक्षित वर्ग कहलाएका बोइलर पुस्ता वाट अधिक डाक्टर, औषधि विज्ञ र स्वस्थ सल्लाहकार बनेका छन्।

उनीहरूले दिने सल्लाह अनुरूप खाएको ओखतीले एउटाको उपचार गर्दै गर्दा दस वटा साइड इफेक्ट दिने केमिकलले आँत सबै भरि दिने गरेको छ। हाम्रो गाउँले भाषामा भन्दा हाम्रा आफ्नै प्रियहरुको तारिफ यस्तो लोकगीतले गर्नु पर्ने अवस्थाआइ लागेको छ।

"मेरो माया को भन्दा कम्ती छ,

ज्यानमा लुतो आँत भित्र धम्की छ।"

कठै मेरो बोइलर पुस्ताले दिएको नयाँ मुलुक।

लुतो र धम्की (गाउँले भाषामा दम लाई धम्की भनिन्छ) आधुनिक क्रिम पाउडर र पफ आदिको पर्दाले छोपेर बाहिर वाट हेर्दा चिटिक्क परेको, भित्र सडेको फर्सीको जस्तो आधुनिक जनमानस हाम्रो बोइलर पुस्ताले खडा गरिदिएको छ।

यो त भयो स्वस्थ क्षेत्रको अत्याधुनिक प्रगतिको कुरा।

सन्दर्भ मानो रोपेर पाथी उब्जाउने कृषिको पनि त छ।

हाम्रो आधुनिक भनिएको नयाँ शिक्षाले कृषिलाई आफ्नो पेसा बनाउँदा आफ्नो वेइज्यत हुने मनोविज्ञान बोकेको कृषि विज्ञरुपी अर्को रेडिकल बोइलर पुस्ता निर्माण गरेको छ।

रेडिकल बोइलर पुस्ता काम गर्दैन। मात्र बुद्धि विलास गर्दछ।

नेपाललाई विदेशीको एकाधिकार बनाउने माफियाले बनाएको शिक्षा पढेको त्यही रेडिकल बोइलर पुस्ता तिनै माफियाको उन्नत मल, बिउँ, दाना र विषादीले नेपालको बजार लाई एकाधिकार बनाउने नियत अन्तर्गत माफियाकै सक्रियतामा आएको विभिन्न प्रोजेक्ट र ऋणको रूपको पैसाले मुलुक र मुलुकका जनतालाई रासायनिक मल, विषादी र हर्मोन परीक्षण गर्ने गिनीपिग बनाउन राज्यकै सम्पत्ति खर्चेर उद्धत हुने गर्दछ।

कृषि र भेटनरीमा विषादी र नचाहिने हर्मोन आदिको प्रयोगले बजारको खानाको रूपमा विष नभएको अन्न, तरकारी, खाना, पानी र हावा पाउन सम्भव नहुने स्थिति बनाएको छ।

अब त खाना मा मात्र हो र ? हाम्रो शरीरमा बगिरहेको रगतमा समेत विषादी भेटिने गर्दछ। आमाको दूधमा विषादी रहने जोखिम दिएको छ।

कठै हाम्रा आमाहरू लाइ हाम्रो आफ्नै प्रिय बच्चालाई विषपान गराउने पूतना बनाउने अपराध हाम्रो आधुनिक कृषिले गरेको छ।

हाम्रो परम्परामा अन्न, तरकारी, खाना, पानी र हावा विषाक्त भए रगत र आमाको दूध पनि विषाक्त गुने परिस्थिति लाई पूतना नामक नारी राक्षसको रूपमा वर्णन गरिन्छ।

छाला र मनोवैज्ञानिक रोग वाट मात्र मुक्त भएर हुन्न, हामीले रोपेको अन्न पात र साग सब्जीमा विषाक्तता हुन नदिन पूतना भगाउने चलन पनि त्यही लुतो फाल्ने दिनमा गरिन्छ।

पूतना भगाउन आ-आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने र सबै अगुल्टो फालेको झिलिमिली बाहिर निस्केर एकै साथ हेरेर फायरवोर्कको मनोरञ्जनको साथ यो सन्देश स्थानीय समाजमा फैलाउने गरिन्छ।

कठै आज त हाम्रो राज्य ले नै पूतना मैत्री कृषि नीति अवलम्बन गरेको छ।

हाम्रो स्वस्थ नीतिले कण्डारक राक्षस मैत्री गतिविधि मात्र गर्न मुलुकमा सहजीकरण गरिदिने गरेको छ।

के गर्ने आफ्नो घर नै यस्तो भयो।

राज्यमा हाल हुलमुल र अशान्ति छ।

हुलमुलमा ज्यान जोगाउन पनि ठुलो कुरा हुने रहेछ।

तपाई हामी भने आफ्नो ज्यान बचाउन लुतो फाल्ने चाड मज्जाले मनाऊ।

बस मेरो यही बिन्ती छ।

To view or add a comment, sign in

More articles by naRYAN PhD (Healing)

  • वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १ प्रकाशित।

    वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १ प्रकाशित।

    क्यानेडियन वैदिक हेरिटेजले वेदमा विज्ञान वैज्ञानिक समालोचना भाग १ यही सोमबार प्रकाशित गरेको छ। क्यानेडियन वैदिक…

    2 Comments
  • A Call to Correct Mathematical Principles for Future Generations.

    A Call to Correct Mathematical Principles for Future Generations.

    The Zero Given by Sanskrit It’s different from what you think. Sanskrit gave zero in mathematics.

  • Marut in Veda: The Possible Quantum and Metaphysical Forces.

    Marut in Veda: The Possible Quantum and Metaphysical Forces.

    Let's talk about the Marut power from the Vedas related to Quantum Physics and Metaphysics. This will give you some…

  • Integrating Ayurvedic Wisdom with Modern Vaccine Development

    Integrating Ayurvedic Wisdom with Modern Vaccine Development

    The various efforts to develop vaccines under modern science, which aim to build immunity, can be seen as a fusion of…

  • Quantum Veda Insights: A New Perspective

    Quantum Veda Insights: A New Perspective

    Caraka says: “Shareera indriya sattva ātma samyogo dhāri jeevitam" (ch.1/verse 42), i.

  • गीता र प्रेम !!

    गीता र प्रेम !!

    नारायण नारायण नारायण प्रेममा यानेकि प्रेम जालमा पर्न निकै सजिलो हुन सक्दछ। तर त्यसलाई जीवनभर दिगो राख्न, निभाउन निकै…

  • हरित हाइड्रोजन ऊर्जाको वास्तविकता।

    हरित हाइड्रोजन ऊर्जाको वास्तविकता।

    बजारमा नयाँ कुरा आए पछि त्यसले त मुलुकको कायापलट गर्छ भनी कमिसन खोरहरूको सम्पर्क सूत्र मार्फत प्रचार प्रसार गर्ने…

  • A public appeal to the four Shankaracharyas: Prana Pratishta

    A public appeal to the four Shankaracharyas: Prana Pratishta

    A public appeal to the four Shankaracharyas: Go to Ayodhya for the consecration of the Shri Ram Temple. Prana means…

  • कर्णालीमा फोर्टिफाइड चामल ?

    कर्णालीमा फोर्टिफाइड चामल ?

    भर्खरै नेपाली बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र विश्व खाद्य…

  • ऋग्वेद १०/८६/१४ (Rigveda 10/86/14)

    ऋग्वेद १०/८६/१४ (Rigveda 10/86/14)

    उ॒क्ष्णो हि मे॒ पञ्च॑दश सा॒कं पच॑न्ति विंश॒तिम् । उ॒ताहम॑द्मि॒ पीव॒ इदु॒भा कु॒क्षी पृ॑णन्ति मे॒ विश्व॑स्मा॒दिन्द्र॒…

Explore topics