Quantum Veda Insights: A New Perspective
Caraka says:
“Shareera indriya sattva ātma samyogo dhāri jeevitam"
(ch.1/verse 42),
i.e., life is a combination of body, senses, mind, and consciousness.
Susruta defines a healthy individual as:
“Sama dosha: samāgnischa samadhātu malakriya:|
Prasanna ātma indriya manā: svastha iti abhidheeyate"
(ch.15/verse 41).
In short, a healthy person is one whose dosha, dhātu (structural entities), and metabolic end products are in equilibrium.
He further states that there must also be clarity in consciousness, senses, and the mind for a healthy state.
Please take a look at one thing here.
Everything that is called living and non-living is a packet of information created by the five elements (Panchabhuta) and the five great elements (Pancha Mahabhuta). All of them carry information.
Those who have the knowledge or realization that they have information are considered alive. Those who don't are considered non-living.
The element that knows it has information is consciousness. That consciousness combines its experiences with the self-created structure of the five elements.
Through this web-like structure of the five elements, the information created by the Pancha Mahabhuta is constructed.
The very large web-like structure of power created by the Panchabhuta, which is essentially the inert structure or the footprint that forms the physical building material, is called Pancha Mahabhuta.
Since it exists as a definite quality created by consciousness, the energy of the five elements in contact with the observer remains in web form.
However, consciousness can decode and experience the particle form character it can provide. Physics identifies this as quantum duality, the ability to understand the web form of consciousness in particle form.
Therefore, this universe is something created by your consciousness. Your world, your dreams, and your life are all in the experience of your consciousness. In reality, it is said to be as false as the sky, a true form of existence.
Therefore, to understand life deeply, it is necessary to understand that Mahabhutas and Bhutas are different things.
When the universe and its components become capable of showing their presence to the observer, they are called Mahabhutas (Maha—large, Bhuta—elements). They are called Mahabhutas because their size is larger than their precursors, Bhutas (small spider web-like forms of elements). They also have an extensive universal presence.
The energy that appears or behaves as particles to the observer is thus Pancha Mahabhuta, while in the absence of the observer, that same subtle energy becomes a web-like element, which is the Panchabhuta.
Just as the web form is the precursor to the particle form, the five elements (Bhutas) are also the precursors to the five great elements (Pancha Mahabhuta). Therefore, they are called Tanmatras.
Recommended by LinkedIn
XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
चरक भन्छन्:
“शरीर इन्द्रिय सत्त्व आत्म संयोगो धारी जीवितम्”
(अ.१/श्लोक ४२),
अर्थात् जीवन शरीर, इन्द्रिय, मन र चेतनाको संयोजन हो।
सुश्रुत स्वस्थ व्यक्तिलाई यसरी परिभाषित गर्छन्:
“समा दोषः समाग्निश्च समधातु मलक्रियाः|
प्रसन्न आत्म इन्द्रिय मनाः स्वस्थ इति अभिधीयते”
(अ.१५/श्लोक ४१)
सारांशमा, स्वस्थ व्यक्ति भनेको उसको दोष, धातु (संरचनात्मक इकाई हरू) र पाचन क्रियाले दिने उत्पादनको भूमिका सन्तुलनमा रहेको संरचना युक्त व्यक्ति हो। सुश्रुतको थप भनाइ अनुरूप चेतना, इन्द्रिय र मनमा स्पष्टता हुनु पनि स्वस्थ अवस्थाका लागि आवश्यक छ।
यहाँ एक कुरा ध्यान दिनुहोस्। जीवित र निर्जीव भनिने सबै कुरा पञ्चभूत निर्मित पञ्चमहाभूत निर्मित सूचनाका थैली हुन्। ती सबैले सूचना बोकेको हुन्छ। जसलाई म संग सूचना छ भन्ने ज्ञान वा बोध हुन्छ त्यो जीवित हुन्छ। जसलाई हुँदैन त्यो निर्जीव हुन्छ। आफूमा सूचना भएको थाहा हुने तत्त्व चेतना हो। त्यो चेतनाले आफ्नो अनुभूतिको लाई आफै निर्मित पञ्चभूत संरचनाको संयोजन गर्दछ। त्यही पञ्चभूत संरचनाको माकुरोको जालो जस्तो जालो निर्मित संरचना मार्फत पञ्चमहाभूत निर्मित सूचनाको निर्माण हुन्छ।
पञ्चभूत निर्मित अत्यन्त ठुलो माकुराको जालो जस्तो शक्तिको संरचना निर्मित पञ्चमहाभूत मूलतः जड संरचना अर्थात् भौतिक निर्माण सामग्री निर्माण गर्ने फुट प्रिन्ट बन्ने गर्दछ। जुन चेतना निर्मित निश्चित गुणको रूपमा अस्तित्वमा रहने भएकोले चेतना अर्थात् अवलोकन कर्ताको संसर्गका पञ्चभूत ऊर्जा आउँदा वेब फर्ममा रहने भएता पनि चेतनाले त्यसले दिन सक्ने पार्टिकल फर्मको चरित्र डिकोड गरी अनुभूति गर्न सक्ने हुन्छ। जसलाई क्वान्टम डुवालिटि भनेर फिजिक्सले चिन्ने गर्दछ। जुन चेतनाको वेब फर्म लाई पार्टिकल फर्म मै बुझ्न सक्ने खुबी हो। त्यसैले यो ब्रह्माण्ड तपाइको चेतना निर्मित चिज हो। तपाइको दुनियाँ, तपाइको सपना र तपाइको जीवन समेत तपाइको चेतनाको अनुभूतिमा छ। यथार्थमा यो त आकाश जस्तै सबै मिथ्या अस्तित्व रुपी सत्य हो भनिन्छ।
त्यसैले हामीले जीवनलाई गहिरो संग बुझ्न महाभूतहरू र भूतहरू फरक फरक कुरा हुन् भन्ने बुझ्नु जरुरी छ।
ब्रह्माण्ड र यसको अवयवहरूले जब अवलोकन कर्ता लाई आफ्नो उपस्थिति देखाउन योग्य बन्छन् तब तिनीहरू महाभूतहरू (महा—ठुलो, भूत—तत्त्वहरू) भनेर चिनिन्छन्। उनीहरूलाई महाभूत किन भनिन्छ भने तिनीहरूको आकार आफ्ना पूर्ववर्ती भूतहरू (भूतहरूको साना माकुरे जाल रुपी रूपहरू) भन्दा ठुलो छ। अनि तिनीहरूको व्यापक उपस्थिति समेत रहन्छ।
अवलोकनकर्तालाई कणहरूको रूपमा देखिएको वा व्यवहार गरिरहेको ऊर्जा तसर्थ पञ्च महाभूत हो भने अवलोकनकर्ताको अनुपस्थितिमा त्यही सब्टल सूक्ष्म ऊर्जा एक माकुराको जालो जस्तो वेबको रूपमा हुने तत्त्व पञ्च भूत हो। वेबको रूप जसरी कणको रूपको पूर्ववर्ती हुने गर्दछ त्यसरी नै पाँच भूतहरू पनि पञ्च महाभूतहरूको पूर्ववर्तीको रूप (PRECURSORS) हुने गर्दछ। त्यसैले त्यसलाई तन्मात्र भनिएको छ।